१८ मंसिर,झापा लिम्बु समुदायको मौलिक पर्व चासोक तङ्नाम ५०८५ तथा उद्यौली पर्व–२०८२ बिर्तामोड–२ स्थित सोमबारेमा विविध सांस्कृतिक कार्यक्रमसहित भव्यरूपमा मनाइएको छ। प्रकृतिपूजकहरूद्वारा प्रत्येक वर्ष मनाइने चासोक तङ्नाम (न्वागी पूजा) यस वर्ष विशेष तयारीका साथ सम्पन्न गरिएको हो। किराँत याक्थुङ चुम्लुङ बिर्तामोड–२ वडा समिति को आयोजनामा किराँत थाक्थुङ चुम्लुङ–२०४६ कार्यक्रम सम्पन्न गरिएको किराँत याक्थुङ चुम्लुङ बिर्तामोड–२ का धर्म लक्सम्बाले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले ब्यानर वाचन गर्दै सांस्कृतिक उत्सवको उद्घाटन गरेका थिए। कार्यक्रममा च्याब्रुङ नाच,साकेला नाच, धान नाच तथा लिम्बु भाषाका गीत प्रस्तुत गरिएका थिए। साथै लिम्बु समुदायका दिदी–बहिनी तथा दाजु–भाइहरू आफैँको अद्वितीय…