बिर्तामोड, १९ जेठ लिम्बू चलचित्र "नाम ओती" प्रदर्शनका संयोजक भिम थेबेको सभापतित्व र बिर्तामोड ५ का पुर्व वडा अध्यक्ष राजेन्द्र लिङदेनको प्रमुख आथित्यतामा एक औपचारिक कार्यक्रम बिच यहि मिति २०८२ असर १६ गते बिर्तामोडको पाथिभरा सिने प्लाजामा हुने जानकारी गराइएको छ । चलचित्रको नायिका रुबिना श्रेष्ठ, डम्बर बहादुर श्रेष्ठ, चन्द्र थेबे, दिनेश श्रेष्ठ, कुमारी मादेन, योगेश श्रेष्ठ, दिल कुमारी पालुङ्वा लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा रत्न कुमार श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो । दिलिप फुरुम्बोको निर्देशनमा बनेको चलचित्र "नाम ओती" नेपालको विभिन्न सेनिमा हलहरुमा प्रदर्शनको तयारी चलिरहेको कुरा नायिका रुबिना श्रेष्ठले बताउनु भयो । औपचारिक कार्यक्रममा अथितिहरुले चलचित्रको…