बिर्तामोड, २८ चैत बिर्तामोड १० खेलकुद समितिले आयोजना गरेको पाचौं वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको पाचौं दिनको औपचारिक कार्यक्रमका संयोजक सुरेन्द्र तुम्रोकको सभापतित्व र बिर्तामोड नगरपालिका वडा न. ५ का वडा अध्यक्ष रोहित प्रसाईको प्रमुख आथित्यतामा पाचौं दिनको खेल सदभावपुर्ण वातावरणमा सम्पन्न भएको छ । बिहानीपख पानी परेको खेलकुदमा असहज हुने सम्भावना भएता पनि दिउसो पानी रोकिएकोले खेलमा कुनै बधा हुन पुगेको थिएन । नमुना टोलले शुन्यको विरुद्ध ५ गोलले चमरधाप, दक्षिण चमरधाप र इलामेली सयुक्त टोललाई पराजित गरि फाइनल मा प्रबेश गरेको छ। अथितिहरुमा वडा सदस्यहरु पृथ्वी बस्नेत र धनमाया श्रेष्ठ साथै टोल विकास संस्थाका अध्यक्षहरु, समाजसेवी महानुभावहरुको…