पाँचथर सुभाङ झापा एकता समाज को प्रथम बनभोज तथा पुनर्नमिलन कार्यक्रम फागुन ७ गते सालबारीको झीलमा सम्पन्न भएको छ । कार्यक्रममा समाजका अध्यक्ष ओमभक्त सेडाई को सभापतित्व र १०२ बर्षीय जेष्ठ सदस्य पूर्ण बहादुर श्रेष्ठ को प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सुभाङमा जन्मेर झापा बसोवास गर्नेहरूको ठुलो संख्यामा उपस्थिति रहेको थियो। सोही कार्यक्रम मा जेष्ठ नागरिक १०२ बर्ष का पूर्ण बहादुर श्रेष्ठ र ८८ बर्ष का जिब नाथ खनाल लाई दोसल्ला र नगद ले सम्मान गरिएको थियो भने समाजसेवी व्यवसायी सरोज सिटौला र डिल्लीराम खनाल लाई सम्मान पत्र ले सम्मान गरिएको थियो । कार्यक्रम लाई समाज को सदस्य पुष्प राज खनाल…