चलचित्र "सारंग" झापाका विभिन्न सिनेमा हलहरुमा भव्यताका साथ प्रदर्शन भइरहेको छ । माघ २६ गते शनिबारको दिन बिर्तामोडको क्यु एफ एक्स सिनेमा हलमा दर्शकहरुको उपस्थिति हाउसफुल रहेको थियो । बाल-मनोबिज्ञानमा आधारित चलचित्र "सारंग" को अर्थ हुन्छ मीठो राग वा धुन हुन्छ र चलचित्रमा कथावस्तु द्वारा सुन्दर तरिकाले यस्को चित्रण गरिएको छ । सम्पूर्ण बालबालिका तथा अभिभावकप्रति समर्पित वर्तमान परिस्थितिमा बिवाह पश्चात श्रीमान -श्रीमतीमा आउने अप्ठ्याराहरुलाई छोराछोरीका माध्यमद्वारा पुलको काम गरेको सुन्दर पक्ष पस्किएको छ । चलचित्रका कथा तथा निर्देशक प्रशान्त तामाङले बाल मनोबैज्ञानिक मस्तिष्कलाई सूक्ष्म अध्यन गरि सुन्दर तरिकाले चित्रण गरिएको छ । निर्मातामा प्रेम तामाङ तथा फूलमाया तामाङ,सम्पादक मित्रदेब…