Skip to main content

ओरेन्ज समाचार

Day: २०८१ आश्विन २५, शुक्रबार

नवदुर्गा मन्दिर हल्दिबारीमा फूलपाती भित्र्याइयो    

नवदुर्गा मन्दिर हल्दिबारीमा फूलपाती भित्र्याइयो    

हल्दिबारी। झापाको हल्दिबारी गाउँपालिका-४, जलथल बडाबारीस्थित नवदुर्गा मन्दिरमा बडा दशैंको फूलपाती भित्र्याइएको छ। नेपालीहरुको महान् पर्व बडा दशैं अन्तरगत नवरात्रको सातौं दिन महासप्तमीको अवसरमा नवदुर्गा मन्दिरबाट पाथिभरा सिंहकाली  धार्मिक तथा पर्यटकीय स्थल, गणेश मन्दिर र शिवालय मन्दिर हुँदै पूजा   तथा नगरपरिक्रमसहित नवदुर्गा मन्दिरमा नवपत्रिका प्रवेश (फूलपाती भित्र्याइने) कार्यक्रम सम्पन्न भएको हो। नवरात्रको सातौं दिन नवदुर्गा भवानीको ९ रुपमध्ये भगवती कालरात्रीको पूजा आराधना गरिनुको साथै नवपत्रिका प्रवेश अर्थात् फूलपाती  भित्र्याउने कार्य सम्पन्न गरिन्छ। यसै परम्परा अनुसार हल्दिबारी-४, वडा कार्यालयसँगै रहेको दुर्गा मन्दिर व्यवस्थापन समितिको आयोजनामा विधिवत नवप्रत्रिका  प्रवेश कार्यक्रम सम्पन्न भएको हो। नवपत्रिका प्रवेश कार्यक्रम पश्चात् कोण सभाको आयोजना गरिएको…
Read More