Skip to main content

ओरेन्ज समाचार

Day: २०८१ भाद्र १७, सोमबार

बिराटपोखरमा एक कार्यक्रममा सातवटा कृतन मण्डली सम्मानित

१६ भदौ,झापाबिर्तामोड-१० बिराटपोखरको एक कृतन मण्डलीले एउटा कार्यक्रमको आयोजना गरि सातवटा कृतन मण्डलीलाई एकै साथ सम्मान गरेको छ। त्यहाँ  स्थित मनकामना काली मन्दिर तथा सत्संघ भवन समिति अन्तर्गतको मनकामना काली कृतन मण्डलीले उक्त सम्मान कार्यक्रम गरेको हो। गत शनिबार दिवा सत्रमा मण्डलीका महिला दिदि बहिनीहरुलाई दर खुवाई मनोरन्जन र नृत्य प्रतियोगिता समेत गराई साँझ छिमेकी कृतन मण्डलीहरुलाई सम्मान गरिएको आयोजक मण्डलीले जानकारी गराएको हो। मण्डलीले श्रावण महिना भरि बिर्तामोड-१० स्थित बिराटपोखरको मनकामना काली मन्दिरमा दैनिक भजन कृतनको आयोजना गरेको र उक्त कार्यक्रममा सहयोग गर्ने छिमेकी कृतन मण्डलीहरु नवदुर्गा कृतन मण्डली बिर्तामोड-१० बिराटपोखर,बिराट ज्योर्तिलिङ्ग समाबेशी कृतन मण्डली  बिर्तामोड-३ बिराटपोखरी,बिराटपोखर शिव कृतन मण्डली…
Read More