७ श्रावण,झापानेवाः देय दबू बिर्तामोड नगर समितिको आयोजनमा बिर्तामोड क्षेत्रमा रहेका अफ्ना सदस्यहरूको क्षमता अभिबृद्धि तथा अभिमुखकरणको निम्ती साउन ७ गते देखि १७ गते सम्म हुने एघार दिने उदघोषण तथा क्षमता अभिवृद्धि र लाखे,ठयाकठुके सहित धिमे बाजा प्रशिक्षण कार्यक्रमको आज बिधिवत रूपमा उदघाटन भएको छ। बिर्तामोड-३ बिर्ताबजारमा सञ्चालन हुने कार्यक्रममा नेवाः देय दबू बिर्तामोड नगर अध्यक्ष छत्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा कोशी प्रदेश नेवाः देय दबू अध्यक्ष को प्रमुख आतिथ्यता र ओम प्रकाश श्रेष्ठ,गणेश शाक्य,केशव ताम्राकार,तिलरूपा श्रेष्ठ, यज्ञराज श्रेष्ठ,तारा श्रेष्ठ,इश्ववरा श्रेष्ठ,मुक्ती श्रेष्ठ,रत्न श्रेष्ठ लगायत बिर्तामोडका १० वटै वडाको सदस्यहरूको उपस्थिति तथा आतिथ्यता रहेको हो । कार्यक्रममा…
७ श्रावण,झापा डि कौडिन्य पत्रकारिता पुरस्कारबाट यो वर्ष झापाका पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामा संयुक्त रूपमा पुरस्कृत हुनुभएको छ । देवकुमार आचार्य (डि कौडिन्य) जनपक्षीय पत्रकारको स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको पुरस्कारबाट मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष झुलन रेग्मी साथै नेपाल टेलिभिजनका झापा सम्वाददाता, प्रेस सेन्टर कोशी प्रदेश समिति सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव डिकेश लामा संयुक्त रूपमा पुरस्कृत हुनुभएको हो । गत ३१ असारमा बसेको प्रेस सेन्टर झापाको बैठकले दुइजना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेसँगै पत्रकारद्धय रेग्मी र लामा पुरस्कृत हुनु भएको हो। बिर्तामोडको सिटि सेन्टरमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तित्वले नगद बयालिस…