Skip to main content

ओरेन्ज समाचार

Day: २०८१ श्रावण ५, शनिबार

राप्रपा नयॉ सरकारलाई विश्वासको मत नदिने पक्षमा

राप्रपा नयॉ सरकारलाई विश्वासको मत नदिने पक्षमा

५ साउन,काठमाण्डौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवगठित मन्त्रीमण्डलका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिश्वासको मत नदिने निर्णय गरेको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । नव गठित सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिएको भएपनि तत्पश्चातका सम्पूर्ण गतिविधिको विश्लेषण गरेर विश्वासको मत नदिने निर्णय लिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनु भयो । यसअघिका कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई राप्रपाले सकारात्मक र स्वागत योग्य मानेको थियो । राप्रपाले  भोलि आइतबार बिहान ११ः४५ बजे संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने बारे बैठकबाट निर्णय गरिने राप्रपाका…
Read More
बंगलादेशका नेपाली बिर्द्याथी पूर्वी नाका झापाबाट फर्कदै

बंगलादेशका नेपाली बिर्द्याथी पूर्वी नाका झापाबाट फर्कदै

५ श्रावण,झापाबंगलादेशमा चर्किएको आरक्षण सम्बन्धिको आन्दोलनको डरले नेपालको पूर्वी नाका झापा हुदैं बंगलादेशमा अध्ययनरत नेपाली बिर्धाथीहरुको नेपाल फर्कने क्रम पूर्बी नाकाबाट हुदैं गरेको जनाईएको छ। झापा जिल्लाको काकरभिट्टाबाट भारतीय भूमिमा प्रवेश गरी कैयौँ नेपाली विद्यार्थीहरू स्थलमार्ग हुँदै बंगलादेश आउनेजाने गर्छन्। बेगलादेशमा आरक्षण सम्बन्धी आन्दोलन हिंसात्मक बन्दै गए पछि त्यहाका बिभिन्न कलेज तथा विश्व विद्यालयहरुमा अध्ययनरत झन्डै नब्बे जना नेपाली विर्द्याथीहरु पूर्वी नेपालको काकडभिट्टा नाकाबाट नेपाल भित्रिएको अधिकारीहरुले बिभिन्न संचार माध्यमलाई बताएका छन्। पछिल्ला केही दिनमा उक्त नाकाबाट नेपाल भित्रने विद्यार्थीहरूको सङ्ख्या वृद्धि भै रहेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए। बाँस्तोलाका अनुसार काकरभिट्टाको अध्यागमनसँग सम्पर्क गर्दा विगत ३-४ दिनदेखि पहिलाको…
Read More
कन्काईमा काठ तस्करीको सकृयता बढ्दै

कन्काईमा काठ तस्करीको सकृयता बढ्दै

  ५ श्रावण,झापा कन्काई नदीमा काठ तस्करीको सकृयता बढेको छ । सो नदी इलाम र झापा भएर बग्ने गरेको हो । उत्तरतिरबाट चोरी तस्करी गरी खोलामा काठ बगाएर ल्याउने क्रम बढे संगै १९ क्यु.फिट चिरान काठ फेला परेको भोलिपल्ट आज बिहान फेरि पिकअप गाडीसहित अवैध सखुवा जातको चिरान काठ बरामद भएको हो ।  अन्दाजी बिहान ३ः३० बजेको समयमा अस्थाई प्रहरी चौकी माईधारको प्रहरी टोली र गैडे सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा शिवसताक्षी नगरपालिका वडा नं. १० टेक्रास्थित कन्काई नदी बगरमा मे १ च ६२३६ नं को पिकअप भ्यानमा सखुवा जातको ५२ क्यु.फिट चिरान काठ (फेन्टा) बरामद गरेको…
Read More