अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । कोलम्बियालाई १–० ले पराजित गरेर अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको हो। निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२ औ मिनेटमा अर्जेन्टिनाको तर्फबाट लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको हो । यस खेलमा घाइते भएपछि लियोनेल मेसी खेलको ६७औं मिनेटमा नै मैदानबाट बाहिरिएका थिए । अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ भने अहिलेसम्म कुल सबैभन्दा बढी १६ पटक कोपा अमेरिकाको उपाधि जितेको हो। अर्जेन्टिनापछि १५ पटक उरुग्वेले कोपा अमेरिकाको उपाधि जितेको छ ।
३१ असार,काठमाण्डौंस्पेनका लागि ओयरजाबलले ८६औं मिनेटमा निर्णायक गोल गरेसंगै स्पेन इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै आइतबार कीर्तिमानी चौथो पल्ट युरोपेली च्याम्पियन भएको छ । बर्लिनमा भएको युरो २०२४ को फाइनलमा स्पेनका लागि ओयरजाबलले ८६औं मिनेटमा निर्णायक गोल गरे । पूरा प्रतियोगितामा अपराजित रहेको स्पेनले सबै खेल जितेर यो उपाधि चुमेको हो । खेलको ४७ औं मिनेटमा स्पेनले निको विलियम्सको गोलले अग्रता लिएको थियो । उनका लागि लामिन यमलले पास उपलब्ध गराएका थिए । सब्स्टिच्युट कोल पाल्मरले इंग्ल्यान्डका लागि ७३औं मिनेटमा बराबरी गोल फर्काए । युरो फाइनलमा इंग्ल्यान्डको यो लगातार दोस्रो हार हो । युरो २०२० मा पनि इंग्ल्यान्ड फाइनलमा इटालीसँग पराजित रहेको थियो । स्पेनले यसअघि…