ओरेन्ज समाचार

Day: २०८१ असार २१, बिहीबार

अर्जुनधारा नगर अस्पतालमा शल्यक्रिया सेवा आजबाट थप

अर्जुनधारा नगर अस्पतालमा शल्यक्रिया सेवा आजबाट थप

२० असार,झापा अर्जुनधारा नगरपालिकाकोे शनिश्चरे नगर अस्पतालले आज बाट थप शल्यक्रिया सेवा थपेको  छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सो सेवाको उद्घाटन गर्नुभएको हो । अस्पतालमा अपरेसनसहितको सेवा सुरु भएपछि अकालमा कुनै आमाले मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो । नगरप्रमुख बलदेव गोम्देनले लामो समयको प्रयासपछि शल्यक्रिया सेवा सुरु गर्न सकेको बताउनुभयो । उहाँले अर्जुनधाराका नागरिकलाई उच्चस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका क्रियाशील रहेको बताउनुभयो ।
Read More
बिर्तामोडमा क्रिकेटर ऐरीसँग अन्तरक्रिया

बिर्तामोडमा क्रिकेटर ऐरीसँग अन्तरक्रिया

२० असार,झापाझापा बिर्तामोडको ग्रेस इन्टरनेशनलले क्रिकेटर दिपेन्द्रसिंह ऐरीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । यसै बीच झापाका क्रिकेटप्रेमीहरुसँग ऐरीले विश्वकप खेल्दाको अनुभव र आफ्नो खेल करियरबारे अन्तरक्रियामा आफ्नो अनुभव साँटेका हुन्।  कार्यक्रमकै अवसर पारेर ग्रेसले बिर्तामोडको युनाइटेड क्रिकेट एकेडेमीका प्रमुख हितेन श्रेष्ठलाई एक सेट क्रिकेट किट (ब्याट, हेल्मेट, स्टम्प, ग्लोभ्स, जर्सी) प्रदान गरे भने ग्रेसका संस्थापक प्रमुख एन्ड्र्यु पौडेल, परामर्श सल्लाहकार राधाकृष्ण धिताल, बिर्तामोड शाखा प्रमुख किरण बिमली सहितले उक्त कार्यक्रमकोसहजीकरण गरेको जनाईएको हो ।
Read More
पानीपुरीमा भेटियो घातक क्यान्सरका तत्व

पानीपुरीमा भेटियो घातक क्यान्सरका तत्व

 २० असार,एजेन्सी तपाई पानीपुरी खानु हुन्छ ? पक्कै खानु हुन्छ होला। तर तपाईंलाई यो खबर थाहा पाउँदा दुख लाग्न सक्छ। पानीपुरीमा क्यान्सर गराउने तत्त्व भेटिएको छ। भारतको कर्नाटकमा बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन  भेटिएको जचाईएको हो। जुन स्वास्थ्यका लागि खतरनाक साबित हुन सक्ने स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्। खाद्यवस्तुमा हानिकारक ब्याक्टेरिया भेटिएपछि प्रदेशको खाद्य सुरक्षा विभाग क्रियाशील भएको छ। खाद्य सुरक्षा अधिकारीहरूले विभिन्न स्टलहरूमा जाँच गरिरहेका छन्। खतरा महसुस भयो भने पानीपुरी बेच्न र खान प्रतिबन्ध लगाउन सकिने बताएका छन्। भारतीय खाद्य सुरक्षा र मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले आफ्नो अनुसन्धानमा २६० ठाउँबाट पानीपुरीको नमुना लिएको थियो। जसमध्ये ४१ नमुनामा नक्कली…
Read More