Skip to main content

ओरेन्ज समाचार

Day: २०८३ कार्तिक २३, आईतवार

शिवसताक्षीमा ३० विपन्न परिवारलाई दशैं–तिहार राहत वितरण सम्पन्न।

शिवसताक्षीमा ३० विपन्न परिवारलाई दशैं–तिहार राहत वितरण सम्पन्न।

झापा, २१ कार्तिक शिवसताक्षी नगरपालिका–८ स्थित निवाफु माङ हिम परिसरमा बडा दसैं तथा शुभ दीपावली २०८३ को अवसरमा विपन्न परिवारलाई राहत वितरण गरिएको छ। महान् चाडपर्वका बेला गरिब तथा विपन्न परिवारको घरमा केही राहत र खुसी पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। बेलायतको लन्डन निवासी समाजसेवी श्री गोर्दीप सिंह (डेभ) को प्रायोजन तथा लन्डनमै रहनुहुने व्यवसायी श्री मनिष सेर्माको संयोजनमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमबाट शिवसताक्षी नगरपालिकाभित्रका ३० वटा विपन्न परिवार प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। छनोटमा परेका प्रत्येक विपन्न परिवारलाई राहत स्वरूप नगद रु. १,५००, एक बोरा चामल, एक प्याकेट खाने तेल, एक–एक केजी दाल र चिनी…
Read More