Skip to main content

ओरेन्ज समाचार

शिवसताक्षीमा ३० विपन्न परिवारलाई दशैं–तिहार राहत वितरण सम्पन्न।

Advertisement

झापा, २१ कार्तिक

शिवसताक्षी नगरपालिका–८ स्थित निवाफु माङ हिम परिसरमा बडा दसैं तथा शुभ दीपावली २०८३ को अवसरमा विपन्न परिवारलाई राहत वितरण गरिएको छ। महान् चाडपर्वका बेला गरिब तथा विपन्न परिवारको घरमा केही राहत र खुसी पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
बेलायतको लन्डन निवासी समाजसेवी श्री गोर्दीप सिंह (डेभ) को प्रायोजन तथा लन्डनमै रहनुहुने व्यवसायी श्री मनिष सेर्माको संयोजनमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमबाट शिवसताक्षी नगरपालिकाभित्रका ३० वटा विपन्न परिवार प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
छनोटमा परेका प्रत्येक विपन्न परिवारलाई राहत स्वरूप नगद रु. १,५००, एक बोरा चामल, एक प्याकेट खाने तेल, एक–एक केजी दाल र चिनी तथा एक पोका नुन वितरण गरिएको थियो।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख रोशन मेहाङ थोप्रा प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिमा उपनगर प्रमुख नरमाया कार्की रहनुभएको थियो।
त्यस्तै, कार्यक्रममा शिवसताक्षी वडा नं. ७ स्थित श्री भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री डामकुमार कार्की, संघीय लिम्बुवान झापा महिला मञ्चकी अध्यक्ष श्री अमृता थाम्सुहाङ, किरात निवाफु माङका सचिव श्री दलकुमार सेर्मा, तथा संघीय लिम्बुवानका केन्द्रीय सदस्य श्री जस्कुमार तामाङ लगायतका विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि एवं नगर प्रमुख रोशन मेघाहाङ थोप्राले चाडपर्वको समयमा विपन्न परिवारको घरमा उज्यालो पार्ने यस किसिमका मानवीय कार्यले ठूलो सामाजिक योगदान पुर्‍याएको बताउनुभयो। साथै, उहाँले कार्यक्रमका आयोजक श्री भीमप्रसाद सेर्मा लगायत सम्पूर्ण परिवारजनलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो। सो अवसरमा उहाँले आगामी छठ पर्व तथा किराँत समुदायको महान् चाड चासोक तङ्नामको समेत शुभकामना व्यक्त गर्नुभयो।
निशा सेर्माद्वारा सञ्चालित सो राहत वितरण कार्यक्रमको अध्यक्षता श्री भीमप्रसाद सेर्माले गर्नुभएको थियो। कार्यक्रमका सभाध्यक्ष भीमप्रसाद सेर्माले सम्पूर्ण उपस्थित अतिथिहरू, राहत प्राप्त गर्ने विपन्न परिवार तथा कार्यक्रमका प्रायोजक एवं संयोजकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

शिवसताक्षीमा ३० विपन्न परिवारलाई दशैं–तिहार राहत वितरण सम्पन्न।

शिवसताक्षीमा ३० विपन्न परिवारलाई दशैं–तिहार राहत वितरण सम्पन्न।

झापा, २१ कार्तिक शिवसताक्षी नगरपालिका–८ स्थित निवाफु माङ हिम परिसरमा बडा दसैं तथा शुभ दीपावली २०८३ को अवसरमा विपन्न परिवारलाई र...
तिहारलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाद्वारा आगलागी नियन्त्रण सम्बन्धी अभ्यास

तिहारलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाद्वारा आगलागी नियन्त्रण सम्बन्धी अभ्यास

झापा, १६ कार्तिक झापा। आउँदै गरेको तिहार पर्वका समयमा हुन सक्ने आगलागीका घटनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण...
लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

झापा, १४ कार्तिक लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम पवित्र धार्मिक स्थल कनकाइ माइको दोमुखामा सभ्य र भव्य रुपमा सम्पन्न ...
अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

झापा, १४ कार्तिक श्रम संस्कृति पार्टीको नेतृत्वमा गठन भएको अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन समितिले यहि कार्तिक १७ गते द...