ओरेन्ज समाचार

Day: २०८१ चैत्र ९, आईतवार

बिर्तामोड १० मा पाचौं वडा-अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिता चैत २४ गते देखि सुरु ।

बिर्तामोड १० मा पाचौं वडा-अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिता चैत २४ गते देखि सुरु ।

बिर्तामोड, १० चैत बिर्तामोड १० खेलकुद विकास समितिका अध्यक्ष सुरेन तुम्रोकको सभपतित्व र बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आथित्यतामा पाचौं वडा-अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिता यहि चैत २४ गते देखि हुने कुरा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । जेष्ठ नागरिक भवनमा संचालन गरिएको औपचारिक कार्यक्रममा बिर्तामोड १० वडा सदस्यहरु धनमाया श्रेष्ठ, पृथ्वी बहदुर बस्नेत, निवर्तमान वडा सदस्यहरु अर्जुन सिटौला, गिता पोख्रेल, भक्तसिंह राजबंशी र बिर्तामोड  वडा १० का टोल अध्यक्षहरुको उपस्थिती थियो । पत्रकार सम्मेलनमा अथितिलाई स्वागत मन्तव्य समितिका उपाध्यक्ष खड्क गुरुङ राख्नु भएको थियो भने कार्यक्रम संचालन समितिका सचिव नरेन तामाङले गर्नु भएको थियो । 
Read More