बिर्तामोड । नेपाल बहुउद्देयीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले एक दिवसीय सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। बिर्तामोड-३स्थित संस्थाको सैनिकमोड सेवाकेन्द्र अन्तरगत उपस्थित सम्पूर्ण सेयर सदस्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सैनिकमोड सेवाकेन्द्रगत उपसमिति संयोजक देवीप्रसाद दाहालले अौचित्यसहित स्वागत गरेका थिए। कार्यक्रममा संस्थाका प्रशिक्षक तथा सञ्चारकर्मी रत्नबहादुर बस्नेतले प्रशिक्षण प्रदान गरेका थिए।उनले सहकारीको अर्थ र उद्देश्य , सहकारी अभियानमा एनएमसी, एनएमसीको सदस्य किन बन्ने? सहकारीको सफलतामा सदस्यको भूमिका, सदस्य बन्नु अघि तथा सदस्य बनेपछि ध्यान दिनुपर्ने कुरा, सेवा सुविधा, उद्यमशीलतालगायत विषयमा जानकारी गराएका थिए। त्यस्तै सैनिकमोड सेवाकेन्द्र प्रमुख गीता खड्काले संस्थाको परिचय, वित्तीय झलक, एनएमसीद्वारा सञ्चालित बहुव्यवसाय र तिनको वर्तमान अवस्थालगायत विषयमा…