७ भदौ,बिर्तामोडझापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका संस्थापक तथा दुर्गा प्रसाईँका नाताले दाजु पर्ने महेन्द्र प्रसाईँ मृत भेटिएका छन् । झापा बिर्तामोड-१ स्थित सिने प्लाजा नजिकै घर भएका नरेन्द्र मैनालीको घरमा उनी मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको प्रहरीले जनाएको हो । अर्जुनधारा नगरपालिका-६ महानन्द चौक निवासी प्रसाईले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर शुक्रबार बिहान आत्महत्या गरेका हुन् । शुक्रबारै उनी झुन्डिएको थाहा भएको हो । मैनाली भने काठमाडौमा बस्दै आएका छन् । उनको खाली घरको दोस्रो तलामा गएर प्रसाईँ झुन्डिएको प्रहरीको भनाई छ । प्रसाई लामो समयसम्म बिर्तामोडको बीएण्डसी हस्पिटलका सञ्चालक रहेका थिए । उनी, दुर्गा प्रसाईँ र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा…