ओरेन्ज समाचार

Day: २०८१ श्रावण १, मंगलवार

छोरा बुहारीले जंगलमा छाडिदिएका बृद्ध भेटिए

छोरा बुहारीले जंगलमा छाडिदिएका बृद्ध भेटिए

१ श्रावण,झापाबेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट ७० वर्ष उमेर बताउने जामुनलाल झाँगडलाई जंगलमा छाडेको चार दिनपछि  उद्धार गरिएको छ।जंगलमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएको उनले बताएका हुन्।  उनलाई वन कर्मचारीले उद्धार गरेका हुन्। वन हेरालु टोलीले जामुनलालको उद्धार गरेपछि स्थानीय बेलबारी नगर अस्पतालमा भर्ना गरिएको छ। बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए। जामुनलालको शरीरमा चोट देखिएको र उनी धेरै बोल्न सक्ने अवस्थामा नरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिए।  बेलबारी नगरपालिका–७ डाङ्गी टोलमा बस्दै आएका जामुनलालका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताएकी छन् भने बनका हेरालु हरुले उनको उद्दार गरिएको हो।
Read More
बिर्तामोड-९ कोलाटोलीकी जलिना तामाङ्गको कुबेतमा मृत्यू

बिर्तामोड-९ कोलाटोलीकी जलिना तामाङ्गको कुबेतमा मृत्यू

१ श्रावण,झापाझापा  बिर्तामोड-९ कोलाटोलीकी  जलिना  तामाङ्गको बैदेशिक रोजगारीको क्रममा कुवेतमा मृत्यु भएको छ ।  २६ वर्षीया  तामाङ्गको कुवेतको मंगाफ क्षेत्रमा गत २८ असार बिहीबारको दिन बेलुकी ८ बजे सडक पार गर्ने क्रममा कारले ठक्कर दिए पछि मृत्यू भएको  जनाईएको हो । माईत घर संखुवासभा रहेको उनी अल–जाजिरा कम्पनीमा कार्यरत रहेको र चार महिनाअघि कुवेत गएकी थिइन् भने उनको एक छोरी र श्रीमान् रोशन तामाङ्ग रहेकोमा श्रीमान समेत बैदेशिक रोजगारीको क्रममा कतारमा रहेको छिमेकी मिना लिम्बु राईले जानकारी दिइन्। घटनावारे नेपाली रादूतावास कुवेतलाई जानकारी सुचना प्राप्त भैसकेको र उनको शवलाई नेपाल ल्याउने प्रयास भैरहेको श्रोतको भनाई रहेको छ  ।
Read More
डि कौडिन्य पत्रकारिता पुरस्कार रेम्मी र लामालाई प्रदान गरिने

डि कौडिन्य पत्रकारिता पुरस्कार रेम्मी र लामालाई प्रदान गरिने

१ श्रावण,झापाडि कौडिन्य पत्रकारिता पुरस्कारबाट यो वर्ष पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामा संयुक्त रूपमा सम्मानित हुनुहुने  भएको छ । देवकुमार आचार्य (डि कौडिन्य) जनपक्षीय पत्रकारको  स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको  पुरस्कारबाट मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष झुलन रेग्मी साथै नेपाल टेलिभिजनका झापा सम्वाददाता , प्रेस सेन्टर कोशी प्रदेश समिति सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव डिकेश लामालाई संयुक्त रूपमा सम्मानित  गर्ने निर्णय गरिएको प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले बताउनु भयो ।  ३१ असारमा  बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशीसमेत बृद्धि गरेको अध्यक्ष  पाठकले बताए ।स्थापनाकालमा ११ हजार रुपैयाँ राशी…
Read More