ओरेन्ज समाचार

Day: २०८१ असार २६, मंगलवार

मलेसियामा अलपत्र लिम्बु नगरको पहलमा घर आए

मलेसियामा अलपत्र लिम्बु नगरको पहलमा घर आए

२५ असार,भद्रपुरबैदेशिक रोजगारीको क्रममा मलेसियामा बिरामी भै अलपत्र परेका भद्रपुर वडा नं.४ का चन्द्रबहादुर लिम्बू भद्रपुर नगरपालिकाकै पहलमा घर आएका छन् । वैदेशिक रोजगारीका लागि मलेसियाको सेलेङ्गर केलाङमा विगत २३ वर्षदेखि कार्यरत लिम्बु नगरपालिकाको निरन्तर पहलमा कन्सुलर सेवा विभागले लिम्बूसँग सम्पर्क गरी सुरक्षित आप्रवासन सामी कार्यक्रमको समन्वयमा हिजो नेपाल फर्काएको भद्गपुर नगरपालिकाले जनाएको हो । गत १४ वर्षदेखि परिवारसँग सम्पर्कमा नरहेका लिम्बू बिरामी अवस्थामा अलपत्र परेको समाचार संचारमाध्यममा प्रकाशित भए पछि लिम्बुको घरफिर्तीको पहल भएको जनाईएको हो ।
Read More
१३ महिने बालिका बालकोनी बाट खसेर गम्भीर घाइते

१३ महिने बालिका बालकोनी बाट खसेर गम्भीर घाइते

बिर्तामोड, २५ असार बिर्तामोड नगरपालिका वडा १० मा १३ महिने बालिका बालकोनी बाट खसेर गम्भीर घाइते भएकी छिन । तेलकानी बस्ने बुबा साङ्गे शेर्पा र आमा जुनु शेर्पाको छोरी कुसुम शेर्पा बिर्तामोड नगरपालिका वडा १० को कार्यालय भवनको छतबाट खसेर घाइते भएको र बि एन्ड सी हस्पिटलमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।
Read More