ओरेन्ज समाचार

Day: २०८१ असार २५, सोमबार

बाह्रदशीको पैनीमा डुबेर राजबंशीको मृत्यु

बाह्रदशीको पैनीमा डुबेर राजबंशीको मृत्यु

२४असार,झापा   झापा बाह्रदशीको पैनीमा डुबेर एकजनाको मृत्यु भएको छ । गएराति  बाह्रदशी गाउँपालिका वडा नम्बर २ राजगढ बस्ने ६५ वर्षीय मोहन राजवंशीको स्थानीय पैनीमा डुबेर मृत्यु भएको हो ।  डुबेको अबस्थामा राजबंशीलाई फेला पारी स्थानीयले मृतकको शव पैनीबाट बाहिर निकालेका हुन् । शवनजिकै साईकल समेत फेला परेको हो भने थप अनुसन्धान तथा कानुनी प्रकृया पुरा गरि शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको प्रहरीको भनाई छ ।
Read More