ओरेन्ज समाचार

पुर्खा पुरन अदौ क्वोने गुरुङ समाजको तेस्रो अधिवेशन सम्पन्न ।

Advertisement

झापा, चैत १७ गते

(गजेन्द्र कुमार शेर्मा)

दमकमा पुर्खा पुरन अदौ क्वोने गुरुङ समाजको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

पुर्खा पुरन अदौ क्वोने (घोन्डे, घोताने) गुरुङ (तमु) कुल वंश समाज नेपालको तेस्रो अधिवेशन दमक नगरपालिका स्थित कन्काई रिसोर्ट एण्ड पार्टी प्यालेसको सभा भवनमा सम्पन्न भएको छ । अदौ क्वोने (घोण्डे, घोताने) गुरुङ (तमु) कुल वंश समाज नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा भीम बहादुर गुरुङको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ। कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् झापा जिल्लाका अध्यक्ष जगत गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा क्वोने (घोण्डे, घोताने) समाज झापाका अध्यक्ष कुमार गुरुङ, भारत पश्चिम बङ्गाल गुरुङ एसोसिएसनका संस्थापक अध्यक्ष दिलीप गुरुङ, समाजसेवी ध्रुव देवी गुरुङ, सिक्किम राज्यका क्षेत्रीय संयोजक किशोर गुरुङ तथा कालेम्पोङ क्षेत्रीय संयोजक केशर कुमार गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

२५ सदस्यीय केन्द्रीय समिति चयन

भीम बहादुर गुरुङको संयोजकत्वमा २५ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा निमेश गुरुङ र दल बहादुर गुरुङ, सचिवमा रुकम गुरुङ, सहसचिवमा नरेश गुरुङ तथा कोषाध्यक्षमा ध्रुव कुमारी गुरुङ चयन भएका छन्। अन्य सदस्यहरूमा विभिन्न क्षेत्रका प्रतिनिधित्व सुनिश्चित गर्दै गुरुङ समुदायका सक्रिय व्यक्तिहरू समावेश गरिएको छ।

यसैगरी मोहन गुरुङको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ भने विभिन्न जिल्लागत तथा क्षेत्रगत संयोजकहरू पनि चयन गरिएको समाजले जनाएको छ। नव निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ।

वंशावली संरक्षणमा जोड

कार्यक्रममा समाजले आफ्नो तेस्रो संस्करणको वंशावली पुस्तक विमोचन गरेको छ। पहिलो र दोस्रो संस्करणका विवरणहरू संशोधन गर्दै थप परिवारका जानकारी समेटेर नयाँ संस्करण प्रकाशित गरिएको हो। पुस्तकमा पुर्खा पुरन गुरुङका चार पुत्र—धनजीत, प्रताप, तिलचन र धनराज—का सन्तानहरूको वंश विवरण, बसाइँसराइ र ऐतिहासिक पृष्ठभूमि समावेश गरिएको छ।

समाजले प्रत्येक वर्ष नयाँ परिवारका विवरण समावेश गर्दै वंशावली अद्यावधिक गर्ने योजना सार्वजनिक गरेको छ। साथै पुर्खा पुरन गुरुङसँग प्रत्यक्ष रूपमा नजोडिएका परिवारहरूको खोज तथा अनुसन्धान गरी भविष्यमा समेटिने जनाइएको छ।

अग्रज सम्मान

कार्यक्रममा पुर्खा पुरन गुरुङ अन्तर्गतका ज्येष्ठ आमाबुवाहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। यसले गुरुङ समुदायमा परम्परा, इतिहास र वंशीय पहिचान संरक्षणको भावना बलियो बनाएको सहभागीहरूले बताएका छन्।

दीर्घ अनुसन्धानपछि प्रकाशन

समाजका अनुसार विगत एक दशकभन्दा लामो समयदेखि केन्द्रीय समितिले स्थलगत अध्ययन, अभिलेख संकलन तथा विभिन्न स्थानमा बसोबास गर्ने गुरुङ परिवारहरूको सहयोगका आधारमा वंशावली तयार गरिएको हो। यसले गुरुङ समुदायको सामाजिक संरचना, ऐतिहासिक विकास र सांस्कृतिक निरन्तरता दस्तावेजीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमको स्वागत उपाध्यक्ष दल बहादुर गुरुङले गरेका थिए भने सञ्चालन सचिव रुकम गुरुङले गरेका थिए।

यस पहलले गुरुङ समुदायको वंशीय पहिचान संरक्षण, आपसी एकता सुदृढीकरण तथा भावी पुस्तालाई ऐतिहासिक जानकारी हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा कार्यक्रम सम्पन्न।

राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा कार्यक्रम सम्पन्न।

बिर्तामोड, २ बैशाख राजबंशी समाज विकास समिती बिर्तामोड-९ को आयोजनामा काद सिरुवा पावनी कार्यक्रम सम्पन्न भएको छ पुर्व मुख्य मन्...
ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न ।

ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न ।

बिर्तामोड, ३० चैत ओरेन्ज एक्स्काभेटर मिडिया प्रा.लि. को आयोजनामा नव वर्ष २०८३ स्वागत कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड नगरपालि...
दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव चैत्र २८ देखि सुरु

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव चैत्र २८ देखि सुरु

इलाम, २७ चैत -गजेन्द्र कुमार शेर्मा इलाम, देउमाई – इलामको देउमाई नगरपालिकास्थित वडा नं. ३ पानिटारमा दोस्रो देउमाई कृषि तथा प...
लक्सम्बा, लक्सम, लोक्ताम कूल बंश समाजको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रम सम्पन्न ।

लक्सम्बा, लक्सम, लोक्ताम कूल बंश समाजको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रम सम्पन्न ।

झापा, चैत २१ लक्सम्बा, लक्सम, लोक्ताम कूल बंश समाजको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रम दुदेमा सम्पन्न भएको छ । सिवसताक्षी नगरप...