Skip to main content

ओरेन्ज समाचार

किराँत याक्थुङ चुम्लुङको १२ औं महाधिवेशन झापामा सम्पन्न ।

Advertisement

झापा, १६ चैत

किराँत याक्थुङ चुम्लुङको १२ औं महाधिवेशन सव्य र भव्य रुपमा सम्पन्न भएको छ ।
किराँत याक्थुङ चुम्लुङ १२ औं संघीय महाधिवेशन कार्यक्रम कि.या.चु संघिय समितिको आयोजना र  कि.या.चु. झापा जिल्ला कार्य समितिको व्यवस्थापन  तथा कि.या.चु. भद्रपुर नगर कार्य समितिलको सह-व्यवस्थापनमा झापाको भद्रपुरमा सम्पन्न गराइ मिती २०८२ साल चैत १६ गते सोमबारको दिन पत्रकार सम्मेलनमा नयाँ संघिय कार्य समितीको नामवली सार्वजनिक भएको छ । गोबिन्द बहादुर लिम्बुको नेतृत्वमा ३९ सदस्यीय समिती निर्वाचित भएका छ्न भने अन्य १४ जना मनोनयनबाट छनौट गरि जम्मा ५३ जनाको कार्य समिती रहने छ । १२ औं महाधिवेशन सव्य र भव्य रुपमा सम्पन्न भएको जानकारी दिदै नवनिर्वाचित महासचिव अमर तुम्याहाङले पत्रकार सम्मेलनको औपचारिक कार्यक्रम संचालन गरेका थिए भने विधमान राजनितिक परिस्थितिलाई उद्रीत गर्दै नयाँ सरकारले नो कोशी र नो केवलकार बिषयलाई सकारात्मक रुपमा सम्बोधन गर्ने कुरोमा आशाबादी रहेको कुरो निवर्तमान अध्यक्ष प्रेम येक्तेनले व्यक्त गर्नु भयो । महाधिवेशन उद्घाटन समारोह लिम्बू समुदायको संस्कार र संस्कृति झल्काउने पोशाक सहित उपस्थित भएर च्याब्रुङको संगित सगै झापा जिल्लाको चन्द्रगढी बजार परिक्रमा गर्दै औपचारिक कार्यक्रम पश्चात् सम्पन्न भएको थियो भने दोस्रो र तेस्रो दिन भद्रपुरको सगरमाथा चोक अवस्थित होटल डेम्लोमा बन्द सत्र कार्यक्रम सम्पन्न भइ नयाँ समिती चयन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...