Skip to main content

ओरेन्ज समाचार

नेपाल शेर्पा संघ मेचीनगरको आयोजनामा ग्याल्बो लोसार कार्यक्रम सम्पन्न।

Advertisement

झापा, ९ फाल्गुन

नेपाल शेर्पा संघ मेचीनगरको आयोजनामा ग्याल्बो लोसार कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल शेर्पा संघ मेचीनगरका अध्यक्ष पासाङ शेर्पाको सभापतित्व र कोशी प्रदेश सभाका संसद गोपाल तामाङको प्रमुख आथित्यतामा नेपाल शेर्पा संघ मेचीनगरको ग्याल्बो लोसार कार्यक्रम काकरभिट्टा अवस्थित मेची सामुदायिक भवनमा सभ्य र भव्य रुपमा सम्पन्न भएको हो । अथितिहरु आङदिकु शेर्पा, राम बहादुर वाइबा तामाङ, लक्ष्मी थिङ तामाङ, रोजी तामाङ, किमा शेर्पा, दयाराम शेर्पा लगायत व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बौद्ध धर्मका लामाहरुको उपस्थितिमा शेर्पा जातिको संस्कार र संस्कृति अनुसारका पोशाकमा सजिएर, शेर्पा समुदायको परिकारलाई ग्रहण गर्दै रमाइलो सांस्कृतिक र सांगीतिक प्रस्तुतीले कार्यक्रम रोचक बनाएको थियो ।

नेपाल मात्र नभइ भारतका विभिन्न स्थानबाट उपस्थित भइ गरिएको शुभकामना आदान प्रदान कार्यक्रमको औपचारिक कार्यक्रम संचालन समितिका सचिव सोनाम लामा शेर्पा र निम्दिकी शेर्पाले गर्नु भएको थियो भने समितिको उपाध्यक्ष निम्लु शेर्पाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...