Skip to main content

ओरेन्ज समाचार

१७ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हल्दिबारी गाउँपालिकाद्वारा सञ्चालन गरिने ।

Advertisement

हल्दिबारी, ७ फाल्गुन

१७ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्लास्तरीय खेलकुद कार्यक्रम अन्तर्गत हल्दिबारी गाउँपालिकाद्वारा सञ्चालन गरिने भएको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीको हस्ताक्षरसहित जारी गरिएको प्रतिबद्धता पत्रमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।

प्रतिबद्धता पत्रमा प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी हल्दिबारी गाउँपालिकाले लिने उल्लेख गरिएको छ। साथै, कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

पत्रमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीले हस्ताक्षर गरेका छन् भने हल्दिबारी गाउँपालिकाका तर्फबाट हल्दीबारी गाउँपालिका खेल संयोजक तथा वडा नं ४ का वडाध्यक्ष सन्त कुमार थापा र वडा न १ का वडा अध्यक्ष देवी ब. थापाले हस्ताक्षर गरेका छन ।

जिल्लास्तरीय खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने उक्त प्रतियोगिताले विद्यार्थी खेलाडीहरूलाई प्रतिभा प्रदर्शन गर्ने अपेक्षा गरिएको खेलकुद संयोजक थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...