Skip to main content

ओरेन्ज समाचार

विविध कार्यक्रम सहित आदिवासी जनजाति नेत्रहीन संघको स्थापना दिवस सम्पन्न

Advertisement

झापा, असोज ३ – आदिबासी जनजाति नेत्रहिन संघ झापाको १५औं स्थापना दिवस शिवसताक्षी–१० माईधारस्थित किरात खिजोलुङ्ग माङ्गहिम परिसरमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा संघका अध्यक्ष भोज कुमार तामाङ्गको अध्यक्षता तथा प्राज्ञ **सुमित्रा वाङ्गदेल “चेली”**को प्रमुख आतिथ्य रहेको थियो। त्यस्तै कन्काई कोटी होमका अध्यक्ष शेर बहादुर थापा, गैडे सामुदायिक बन शिवसताक्षी–१० का अध्यक्ष राम लावती, किरात खिजोलुङ्ग माङ्गहिमका अध्यक्ष भवानी बिक्रम सेलिङ्ग, वडा अध्यक्ष दिपक कुमार पोखरेल, संघका सल्लाहकार कृष्ण थेवे र शिवकुमार राजभण्डारी, नेपाल आदिबासी जनजाति महासंघ झापा सचिव लक्ष्मण श्रेष्ठ, दोमुखा पर्यटन उपाध्यक्ष इन्द्र त्यौपानेलगायतको उपस्थिति रहेको थियो।

उद्घाटन सत्रमा प्रमुख अतिथि चेलीले दिप प्रज्वलन गर्नुभएको थियो भने बिशिष्ट अतिथि भवानी बिक्रम सेलिङ्गले ब्यानर वाचन गर्नुभएको थियो। कार्यक्रममा संघले स्थापना गरेको अक्षयकोषमार्फत यस वर्ष दमकस्थित सरस्वती मावि कक्षा–११ मा अध्ययनरत दृष्टिबिहिन विद्यार्थी हिमाल राईलाई शैक्षिक छात्रवृत्ति हस्तान्तरण गरिएको थियो। साथै संघका सदस्यका छोराछोरी शिशिर लिम्बु, आयूष मुखिया, बुध राजबंशी र गोपाल महरालाई शैक्षिक सामग्री वितरण गरिएको थियो।

त्यस्तै शरण लिम्बुलाई सेतो छडी प्रदान गरिएको थियो भने कन्काई कोटी होमका अध्यक्ष शेरबहादुर थापाले आफ्ना पिता दलबहादुर थापा र माता तिलरुपा थापाको स्मृतिमा रु. ५१ हजार अक्षयकोषमा सहयोग गर्नुभएको थियो।

संघका अध्यक्ष भोज कुमार तामाङ्गले हालसम्म अक्षयकोषमा रु. २ लाख २८ हजार जम्मा भएको जानकारी दिंदै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले अझै सहयोगको खाँचो रहेको बताउँदै संघ अब विशेष अधिकारको लागि लड्ने र सदस्यलाई उद्यमशीलतामा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमुख अतिथि चेलीले संघलाई आफ्नै भवनको आवश्यकता रहेकोमा जोड दिँदै भविष्यमा आफ्नै भवनबाट कार्यक्रम सञ्चालन गर्न सक्ने वातावरण बनाउन सुझाव दिनुभयो।

अन्य वक्ताहरु कन्काई कोटी होम अध्यक्ष शेरबहादुर थापा, सल्लाहकार कृष्ण थेवे, भवानी बिक्रम सेलिङ्ग, शिवकुमार राजभण्डारी, वडा अध्यक्ष दिपक पोखरेल, महासंघका झापा सचिव लक्ष्मण श्रेष्ठ र गैडे सामुदायिक बन अध्यक्ष राम लावतीले संघलाई शुभकामना दिनुभएको थियो।

संघका कोषाध्यक्ष प्रदीप राजबंशीले कार्यक्रममा प्रकाश पार्नुभएको थियो भने, यस वर्षका सहयोगी दाता गुरुभक्त न्यौपाने र अमिरा लिम्बुको स्मरण गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष युवराज शेर्माले स्वागत गर्नुभएको थियो भने सचिव अनिल मुखियाले सञ्चालन गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...