Skip to main content

ओरेन्ज समाचार

सरकारले नै संसद् चल्न नदिने खालका गतिविधि गरिरहेको छ : कांग्रेस

Advertisement

काठमाण्डौ – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार आफैँ संसद् चल्न नदिने र संसदीय छानविन समिति बन्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कांग्रेस नेताहरुले संसद्मा भएको अवरोधको जिम्मेवार पनि सरकार नै भएको ठहर गरेको छ ।

बैठकले अब संसद्मा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न पर्सि सोमवार पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ । सरकारले संसद् पनि चल्न नदिने र उपप्रधानमन्त्रीमाथि छानविनका लागि संसदीय समिति पनि बन्न नदिने रवैयाविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न सोमवार पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो ।

बैठकमा नेताहरुले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणको लागि छानविन समिति नबनेसम्म संसद् बैठक चल्न नदिने अडान राखेका थिए । नेपाली कांग्रेसले हिजोको संसद् बैठकमा आफ्नो पार्टीलाई पेल्ने खालको भूमिका निर्वाह गरेको भन्दै सभामुख देवराज घिमिरेको पनि आलोचना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...