Skip to main content

ओरेन्ज समाचार

३२ औँ विश्व आदिवासी दिवस बिर्तामोडमा सभ्य र भव्य रूपमा सम्पन्न।

Advertisement

बिर्तमोड, २४ साउन

३२ औँ विश्व आदिवासी दिवस बिर्तामोडमा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।

प्रत्येक वर्ष अगस्ट ९ तारिखको दिन मनाइने विश्व आदिवासी दिवस झापा जिल्लाको बिर्तामोडमा नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समिति बिर्तामोडको आयोजनामा साउन २४ गते जातिय संस्कार, संस्कृति, भेष भुषा सहितको उल्लेखनिय उपस्थितिमा बिर्तामोड नगर परिक्रमा गरि सिटि सेन्टरमा एक औपचारिक कार्यक्रमको साथमा सम्पन्न भएको हो । बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यता र नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् विर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्वमा सञ्चालन भएको औपचारिक कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव तामाङ, नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् झापाका पूर्व अध्यक्ष भरत श्रेष्ठ , बिर्तामोड नगरपालिका वडा नं ५ का वडा अध्यक्ष रोहित प्रसाई, वडा नम्बर ६ का वडा अध्यक्ष सूर्यप्रकाश कन्दङवा, वडा नम्बर १० का वडा अध्यक्ष दुर्योधन गुरुङ लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो । विभिन्न जातिहरुको आकर्षक झाकिहरुको प्रस्तुतीले कार्यक्रमलाई रोचक बनाएको थियो भने समितिका उपाध्यक्ष देविमाया श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो र समितिका सचिव लिला बहादुर गुरुङ र शृजना राइले औपचारिक कार्यक्रम संचालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...