Skip to main content

ओरेन्ज समाचार

नेफिन बिर्तामोडको चौथो अधिवेशन सम्पन्न ।

Advertisement

बिर्तामोड,४ असोज

 नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडको चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि दिपेन्द्र चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।

नव निर्वाचित पदाधिकारीमा उपाध्यक्ष सुबास तामाङ, रत्ना राजबंशी र देबी माया श्रेष्ठ, सचिव लिला गुरुङ, सहसचिव राज मुखिया र प्रभास थापा मगर, कोषाध्यक्षमा चुडाकर्ण बेघा रहेका छन्। यस्तै सदस्यहरूमा श्याम मुर्मु, धनन्जय गणेश र बिवश शेर्पा चयन भएका छन्।

पाँच सदस्यीय निर्वाचन मण्डलका संयोजक कृष्ण थेवे र सदस्यहरू बिरेन मेचे, प्रेमसिंह घिसिङ, सुनिता तामाङ्ग र लक्ष्मण श्रेष्ठले परिणाम सार्वजनिक गरेका थिए। निर्वाचन मण्डलका अनुसार एक सहसचिव (महिला) र अन्य चार महिला सदस्य थप मनोनित गरी समितिलाई पूर्णता दिने जानकारी गराइएको छ।

यसअघि अधिवेशनको उद्घाटन सत्र राजकुमार राजबंशीको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथि नेफिन प्रदेश नं.१ का सचिव तिलक राई, नेफिन झापाका संस्थापक कृष्ण उदास, नेफिनका पूर्व अध्यक्ष प्रेम घिसिङ, जिल्ला सचिव सल्लाहाकार कृष्ण थेवे, पूर्व अध्यक्ष पदम बहादुर तामाङ, श्री मेचे समाजका बिरेन मेचे, सल्लाहाकार रिमानध्वज लिम्बु, सुनुवार सेवा समाजका अध्यक्ष दिल कुमार मुखिया, सन्थाल सेवा समाजका अध्यक्ष श्याम मुर्मु, नेवा देय दबु निर्वतमान अध्यक्ष टेकबहादुर श्रेष्ठ, नेपाल मगर संघका कर्ण बहादुर मगर, कविता मगरलगायतको उपस्थिति रहेको थियो।

उद्घाटन सत्रमा सभापति राजकुमार राजबंशीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष गणेश तामाङले ७५ हजार ३८५ रुपैयाँ बचत रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रमुख अतिथि राईले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए। कार्यक्रममा प्रेम घिसिङ, टेकबहादुर श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

उद्घाटन कार्यक्रमको सञ्चालन सचिव सन्तोष बेघाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष जीवन श्रेष्ठले गरेका थिए। उपाध्यक्ष दिपेन्द्र चौधरीले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए।

समापनमा नव निर्वाचित अध्यक्षको हैसियतमा दिपेन्द्र चौधरीले सबै पदाधिकारीको साथ र सहयोगबाट नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडलाई थप सुदृढ र नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...