Skip to main content

ओरेन्ज समाचार

१२ घण्टे अष्टजाम किर्तनको तयारी मनोकामना काली मन्दिरमा ।

Advertisement

बिर्तामोड, २४ चैत

बिराटपोखरबाट चैत्र २८ गते शुरू गरिने आयोजक मनकामना काली मन्दिर तथा सत्संघ भवन समितिका अध्यक्ष धुर्ब प्रसाद शिवाकोटीले बताउनु भएको छ। सोही ठाउँमा २०७५ सालमा  निर्मित मनकामना काली मन्दिरमा बिभिन्न सम्प्रादयका धर्मगुरु लगायतको उपस्थिमा उक्त दिन जडिबुटी ध्यू लगायतका सामाग्रीद्वारा होम होमादी गरेर यज्ञको धुँवाको माध्यमबाट अन्तरिक्षको सफाई अभियान शुरु गरेर देशैभर र संभव भए अन्तराष्ट्रिय स्तरमा समेत तत्पश्चात सो कार्यक्रमको आयोजना गरिने आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि शिवाकोटीद्वारा जानकारी गराइएको हो।

 

आयोजकका तर्फबाट सचिव मिलन आलेले बिराटपोखरमा गरिने यज्ञलाई तीन चरणमा बिभाजन गरिएको बताए। पहिलो चरणमा २८ गते बिहानी सत्रमा पूजापाठ,यज्ञ अनुष्ठान होम होमादी, सन्ध्याकालिन समयमा गंगा आरती र तत्पश्चात १२ घण्टे अखण्ड किर्तन को आयोजना गरिने आलेले बताए ।

अध्यक्ष शिवाकोटीले अनुमानित कार्यक्रमको खर्च रु.तीनलाख हुने, मन्दिरको कोषमा सत्तरी हजार रहेको साथै अन्य खर्च दाताहरुबाट संकलन गरिने, प्रमुख अतिथिको रुपमा अर्जुनधारा जलेश्वर धामका अध्यक्ष  नबिन गट्टानी आमन्त्रित हुनुहुने, करिव पच्चिस सयदेख तीनहजार भक्तजनको उपस्थित गराईने, उपस्थितलाई प्रसादको ब्यबस्था गरिने, स्थानिय र बोलाईएको कृतन मण्डलीबाट अखण्ड किर्तन सम्पन्न गरिने, गंगा आरतीको लागि छुट्टै आरती टोली सहभागी गराईने, सहभागी प्रमूख अतिथि र कृतन मण्डलीहरुलाई सम्मान पत्रले सम्मान गरिने, कार्यक्रम स्थलमा टेन्टपालको ब्यबस्था गरिने, कार्यक्रममा विश्व शान्तिको कामना गरिने कार्यक्रम सफल पार्न बिभिन्न समिति, उपसमितिहरु निर्माण गरिएको साथै आगन्तुक भक्तजनलाई होम होमादीको सामाग्री लिएर उक्त दिन उपस्थित भै दिन हुन आग्रह समेत गरे। साथै संचारकर्मीले सोधेको जिज्ञाशाको उत्तर दिए।

मन्दिर समितिका अध्यक्ष धुर्बप्रसाद शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोही मन्दिरका जग्गा दाता डिल्लीराम पाठक,समितिका उपाध्यक्ष युवराज पराजुली, कोषाध्यक्ष सुनिता निरौला बाँस्कोटा सहसचिव राम खनाल, सदस्य रघुनाथ पाठक, नबिन सेढाँई लगायतको उपस्थिती रहेको हो। तीन पटक उँकार ध्वनीले स्वागत गरिएको कार्यक्रमको संचालन आयोजक समितिका सचिव मिलन आलेले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

चलचित्र “बाबाको बासुरी” को प्रीमियर शो बिर्तामोडमा असोज ११ गते हुने

असोज १ झापा पूर्ण सुनार फिल्मस धुलाबारी झापाको ब्यानरमा निर्माता पूर्ण सुनारको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र बाबाको बा...
लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

लिम्बु चलचित्र “सिक्कुम” को प्रीमियर शो झिलझिले अवस्थित वाटर किंगडम पार्कको सभाहलमा सम्पन्न ।

बिर्तामोड, २२ भदौ लिम्बु चलचित्र "सिक्कुम" को प्रीमियर शो झिलझिले अवस्थित वाटर किङडम पार्कको सभाहलमा सम्पन्न भएको छ । कार्यक्र...
श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै ।

झापा, २० भदौ श्रम संस्कृति पार्टी झापाले रसुवाका बाढी पिडितहरुको लागि राहत संकलन गर्दै । श्रम संस्कृति पार्टी झापाका अध्यक्ष क...
बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड-४ पुरानो बिजुली अफिस टोलको दिप प्रज्वलन कार्यक्रम सम्पन्न।

बिर्तामोड, २० भदौ भदौ १० गतेको रसुवामा आएको बाढीमा परि दिवङ्गद हुनु भएका मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै बिर्तामोड-४...