Skip to main content

ओरेन्ज समाचार

वर्तमान नेपालको मन्त्रहरुको पनि महामन्त्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो : प्रधानमन्त्री

Advertisement

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ मन्त्रहरुको पनि महामन्त्र भएको दाबी गरेका छन्। शनिबार नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले एमालेले नेपाली समाजको सुत्र तयार गरेको बताएका हुन्।
‘गणितको सुत्र, व्याकरणको सुत्र त्यतिकै बन्दैन। सुत्रले थोरैले धेरै कुरा बोलेको हुन्छ, तब त्यो सुत्र हुन्छ। हामीले पनि नेपाली समाजको सुत्र तयार गरेका छौं, समृद्ध नेपाल सुखी नेपाली।’ पूर्वप्रधानमन्त्री ओलीले भने,‘यो अहिलेको वर्तमान नेपालको मन्त्रहरुको पनि महामन्त्र हो, समृद्ध नेपाल, सुखी नेपाली। योभन्दा ठूलो, योभन्दा महान,योभन्दा पवित्र कुनै अर्को मन्त्रै हुनै सक्दैन। नेपालको सुरक्षा, नेपालको समृद्धि, नेपाली जनताको सुख।’
विभिन्न भाषाको उदाहरण दिँदै उनले हाम्रो समाज र जनतालाई सुखी बनाउन खोजेको बताए। उनले यसका मूल मन्त्र र सहायक मन्त्र र त्यसको व्याख्या सबै तयार गरेर अगाडि बढेको बताए। ‘उहिले निष्कर्ष निचोड, ज्ञानको निचोडलाई मन्त्र भनिन्थ्यो। त्यसभित्र थुप्रै कुराहरु अटाइएको हुन्थ्यो।’ उनले भने,‘अहिले एमालेले पनि त्यहि काम गरिरहेको छ। भाषा फरक छ अरुले अरु भाषामा भने पनि हामी नेपालीमा भन्छौं। कलात्मक तरिकाले सम्प्रेषण गर्नुपर्छ।’
कतिपय मान्छेले दृटान्त, उपमा, विम्ब प्रयोग नबुझ्ने भएकाले विम्ब प्रयोग गर्दा उखान टुक्का सुनायो भन्ने गरेको ओलीको भनाई छ। उनले एउटा कार्टुनले ठूलो चेतना दिएको हुने उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति-६ को कप्ताने पैनीमा १० बर्षीय बालकको डुबेर मृत्यु ।

बुद्धशान्ति, १४ साउन - समीर लिम्बु मृत्यु हुनेमा बुद्धशान्ति-४ किराँत चोकका बुद्धिमान लिम्बुको १० वर्षीय छोरा श्री बर्ने माध...
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

बिर्तामोड, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडका अध्यक्ष दिपेन्द्र चौधरीको सभापतित्व र आदिवासी मानव ...
३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ ।

३२ औं विश्व आदिवासी दिवस बिर्तामोडमा मनाइने भएको छ । बिर्तामोड, ९ असार आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजना...
श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

श्रम संस्कृति पार्टीको विराटपोखरीमा श्रमदान र टि-सर्ट बितरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २ साउन श्रम संस्कृति पार्टी बिर्तामोडको आयोजनामा यही मिति २०८३ साल साउन २ गते बिर्तामोडका श्रमदाताहरूको उल्लेखनीय उप...