Skip to main content

ओरेन्ज समाचार

क्यानडा जाने लोभमा नक्कली विज्ञापनको भर पर्दा ३४ लाख ठगीमा

Advertisement

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरू ठगीमा परेका छन् ।

उनीहरूले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरू प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो ।

कार्यालयका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्क पर्मिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरू ठुलो रकम गुमाउन पुगेका हुन् ।

अनुसन्धानमा उक्त विज्ञापनपछि सम्पर्कमा पुगेका पीडितलाई क्यानडामा क्यासियरको काम लगाइदिने र त्यसबापत रु पाँच लाख ४५ हजार तलब हुने लोभ देखाएर रकम ठगी गरेको पाइएको हो ।

“क्यानडा जानका लागि प्रोसेसका लागि आइएलटिएस सर्टिफिकेट र सिभी, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरू पठाइदिनुहोस् भनी पटक–पटक ह्वाट्सएपबाट माग गरेको पाइयो, त्यसपछि पीडितले कागजात पठाएका थिए,” प्रहरी उपरीक्षक रेग्मीले भन्नुभयो, “उक्त कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरूका नाममा रहेको बैङ्क खातामा पैसा हाल्न लगाएको भेटियो ।”

पीडितलाई त्यसरी लोभ्याएर पटक(पटक गरी जम्मा रु ३४ लाख ५७ हजार पठाउन लगाई ठगी गरेपछि उनीहरू सम्पर्कविहीन भएको भनी जाहेरी परेको थियो र सोही जाहेरीका आधारमा टोली परिचालन गरी खोजी थालिएको थियो ।

यसरी अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न पाइएपछि जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका–६ बस्ने ३० वर्षीय लक्ष्मण नेपाली र जिल्ला सप्तरी राजविराज नगरपालिका–४ का ३५ वर्षीय महावीर प्रसाद साहलाई पक्राउ गरी कानुनी कारबाही सुरु भएको पनि उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिहारलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाद्वारा आगलागी नियन्त्रण सम्बन्धी अभ्यास

तिहारलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाद्वारा आगलागी नियन्त्रण सम्बन्धी अभ्यास

झापा, १६ कार्तिक झापा। आउँदै गरेको तिहार पर्वका समयमा हुन सक्ने आगलागीका घटनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण...
लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम सम्पन्न ।

झापा, १४ कार्तिक लिङ्दम सयङ झापाको गालिश्राप पुजा कार्यक्रम पवित्र धार्मिक स्थल कनकाइ माइको दोमुखामा सभ्य र भव्य रुपमा सम्पन्न ...
अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन कार्य कार्तिक १७ गते देखि हुने

झापा, १४ कार्तिक श्रम संस्कृति पार्टीको नेतृत्वमा गठन भएको अर्जुनधारा कैलाशघाट मोक्ष जल व्यवस्थापन समितिले यहि कार्तिक १७ गते द...
सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानहरुबाट बरामद पटका नष्ट

झापा, ९ कार्तिक चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका विभिन्न प्रकारका पटकाहरु सशस्त्र प्रहरी बल, न...